नयाँदिल्ली । सत्तारुढ दल भारतीय जनता पार्टीले माथिल्लो सदन राज्य सभामा आफ्नो प्रभावलाई अझै बढाएको छ । शुक्रबार भएको निर्वाचनमा सात प्रदेशका २६ सिटमध्ये १२ सिटमा राजपा विजयी भएकाे छ ।

भारतको सबैभन्दा ठूलो प्रदेशका रुपमा रहेको उत्तर प्रदेशमा मात्रै भाजपाले नौ सिट जित्न सफल भएको छ । निर्वाचनका मुख्य विजेतामा अर्थमन्त्री अरुण जेट्ली र भाजपाका प्रवक्ता जीभीएल नरसिंह राय रहनुभएको छ ।

शुक्रबार राति नतिजा घोषणा भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटर मार्फत निर्वाचित सदस्यलाई बधाई दिनुभएको छ । ‘विभिन्न राज्यबाट राज्य सभामा निर्वाचित हुनु भएका सवैलाई हार्दिक बधाई छ, तपाईको संसदीय कार्यकालको पूर्णसफलताको कामना गर्दछु ।’ प्रधानमन्त्री मोदीको ट्वीटर उल्लेख छ ।

निर्वाचन आयोगले गत फेब्रुअरीमा राष्ट्रियसभाका खाली भएका ५९ सिटका लागि निर्वाचन घोषणा गरेको थियो । त्यसको एक महिना पछि दश राज्यका ३३ जना उम्मेदवारलाई निर्वाचित भएको घोषणा गरिएको थियो । त्यसमध्ये १६ जना भाजपाका थि । सिन्ह्वा

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments