-अनुपराज अर्याल 

भर्खर अष्ट्रेलिया आउनुभएका भाइबहिनी देख्दा मलाइ आजभन्दा चार बर्ष पहिले आफू आउँदाको पल याद आउँछ । सुरुका ती दिन, त्यो काम र अध्ययनको चटारो, त्यो अभावको पल, अनि मेलबर्न सहर घुम्दाघुम्दै बुनेका सुनौलो सपनाहरू । धेरै कुरा सिक्न नजान्दा दुख पाइयो अनि कति कुरा थाहा नहुदा पिडा पनि भोगियो ।

अरुको बकम्फुसे कुरा पत्याएर धोका पनि पाइयो, अरुले भनेको राम्रो कुरा नपत्याएर गल्ती पनि गरियो । भाषाको सुरुबाट सुधार नगरेर गल्ती मात्र हैन कति कुरामा पछि परियो । यहाँको नियम कानुनको बारेमा अनभिज्ञ हुँदा, के चाहिने,के नचाहिने भन्ने थाहा नहुदा ठग र गलत आचरणका व्यत्तिहरुबाट गलत प्रयोग पनि भइयो ।

यहाँ स्वाबलम्बी हुन चाहने हो भने सबै काम आफै गर्न मिल्छ अनि सबै कुरा आफैं सिक्न सकिन्छ । जानेका ती कुराले आत्मविश्वास जगाउने रहेछ, धेरै कुरामा आफ्नो खर्च पनि जोगिने रहेछ । हो , म आज बल्ल बुझ्दैछु । ढिलो बुझें तर बुझेर मात्र हुन्न । आफूले जानेको, भोगेको अनि बुझेको कुरा अरुलाई सिकाउनु कर्तव्य हो । यसले मानिसलाई आत्मसन्तुष्टि प्रदान गर्छ ।

यहाँ काम पाउन, सफल हुन र खुशी हुन स्वाबलम्बी हुनुपर्ने रहेछ । तर म सधैं अको भरमा परिरहें । आज महशुस हुँदैछ कि मैले त जीवन बुझ्न गल्ती गरेको रहेछु । आफ्नालागि के सहि,के गलत चिन्न गल्ती गरेको रहेछु । हरेक कुरामा अरुको भर परेर आफ्नो ज्ञान र सिक्ने कलालाई रोकेको रहेछु ।

आज बोध हुन्छ–आफूमा कमजोरी खोज्ने बेला मैले आफ्नो शक्ति र तागतको महशुस गर्नुपर्ने पो थियो कि । त्यसैले आज महशुस हुँदैछ कि मैले त जीवन बुझ्न गल्ती गरिरहेछु ।

-अनुपराजको फेसबुकबाट 

Comments

comments