काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) तथा क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न छनौट भएका स्टार नेपाली लेग स्पिनर सन्दीप लामिछानेले गायकको परिचयसमेत बनाउने भएका छन् ।

सन्दीपको आवाजमा रहेको एउटा गीत युट्युवमार्फत सार्वजनिक भएको छ । आफ्नो फेसबुकमा उनले “उदास थियो यो मेरो मन” बोलको गीतको ट्रेलर सार्वजनिक गरेका हुन् ।

“गायन सधैं मेरो दोश्रो सोख हो, मेरो सोखलाई यो गीतमार्फत तपाईसामु प्रस्तुत गरेको छु, मेरो आगामी एल्बम ‘प्रतिक्षा” तपाईमाझ प्रस्तुत गर्दैछु ।

Comments

comments