काठमाडौं। श्रीमानको मृत्युको खबरले बेहोस भएकी युएस बंगला विमानका पाइलटकी श्रीमतीको मृत्यु भएको छ। उनको उपचारकै क्रममा शुक्रबार अस्पतालमा मृत्यु भएको हो।

केही दिन अगाडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगला एयसलाइन्सको विमान दुर्घटनामा पाइलट क्याप्टेन अबिद सुल्तानले ज्यान गुमाएका थिए। दुर्घटनापछि अबिद घाइते भएको र अस्पतालमा भर्ना भएको बताइए पनि भोलिपल्ट उनको मृत्यु भएको बताइएको थियो । अविदका एक नजिकका साथीका अनुसार उनीहरुले अबिदकी श्रीमती अफ्सनालाई दुर्घटनाको खबर सुनाए पनि उनले विश्वासै गर्न सकिनन्।

अविद जिउँदै भएको खबर बाहिरिएपछि अफ्ना केही सम्हालिएकी थिइन् तर पछि उनको पनि मृत्यु भएको खबर आएपछि उनी पूर्ण रुपमा बेहोस भएकी थिइन् । अफ्सनालाई ब्रेन स्ट्रोक भएकोले उपचारको लागि एक सातादेखि अस्पतालको आइसीयुमा राखिएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments