जलवायु परिवर्तनका असरहरु बढ्दै गईरहेका बेला कार्बन उत्सर्जनमा कटौतीको माग गर्दै विश्वभर प्रदर्शन भएका छन् ।

जलवायु परिवर्तनसम्बन्धी न्युयोर्कमा हुन लागेको सम्मेलनअघि दुई हजारभन्दा बढी स्थानमा प्रदर्शन भएको बताइएको छ । पिपुल्स क्लाइमेट मार्च नामक अभियानले कार्बन उत्सर्जन कटौतीको माग गर्दै आएको छ । म्यानहट्टनमा संयुक्त राष्ट्रसंघका महासचिव बान की मूनसहित करिब ३ लाख १० हजार मानिसहरुले प्रदर्शनमा सहभागीता जनाएको आयोजकले बताएका छन् ।

Comments

comments