नेकपा–माओवादीले गरेको पश्चिम नेपाल बन्दका कारण सुर्खेत लगाएतका जिल्लाको जनजीबन प्रभाबित भएको छ ।

बन्दका कारण सुर्खेतबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारी साधनहरु ठप्प रहेका छन् भने बजार पनी पुर्ण रुपमा बन्द भएको छ ।  माथिल्लो कर्णाली जलविद्युत आयोजनाको भारतीय जिएमआर कम्पनीसँग सरकारले गरेको परियोजना विकास सम्झौता (पीडीए) को बिरोधमा उत्रेको नेकपा माओबादीले पश्चिम कमाण्डका भेरी कर्णाली,सेती महाकाली र थारुवान राज्य अन्तर्गतका जिल्ला बन्दको आब्हान गरेको थियो ।

उता, वन्दले बैतडीसहित सुदूरपश्चिमको जनजीवन कष्टकर भएको छ । बैतडीमा पनि विद्यालय, यातायात, वाजर सबै वन्द छन् । माओवादीले एक दिने भेरी कर्णाली बन्दको आह्वान गरेको छ । भेरी कर्णाली बन्दको आह्वान गरेपछि दशैंको बेला बाहिर जिल्लाबाट गृह जिल्ला दैलेख आउने र दैलेखबाट अन्य बाहिरी जिल्ला जाने यात्रुहरु मारमा परेका छन् ।

गत ३ गते नेपाल सरकार र भारतीय कम्पनी जिएम आर वीच पिडिए सम्झौतामा हस्ताक्षर भए पछि नेकपा माओवादी सहितका ३३ दलले त्यसको विरोध गर्दै आएका छन् ।

Please follow and like us:

Comments