काठमाडौं । सन्दिप लामिछानेको इण्डियन प्रिमियर लिग (आईपीएल) जर्सी सार्वजनिक गरिएको छ ।

बिहीबार साँझ काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले आईपीएलमा दिल्ली डेयरडेभिल्सबाट खेल्दा नेपाली खेलाडी सन्दिप लामिछानेले लगाउने जर्सी सार्वजनिक गरेका हुन् ।

सन्दिपलाई दिल्लीले १ नम्बरको जर्सी दिएको छ । दिल्ली डेयरडेभिल्सका प्रतिनिधिको उपस्थितिमा सन्दिपको जर्सी सार्वजनिक गरिएको हो ।

हालै जिम्बाब्वेमा विश्वकप छनोट प्रतियोगिता खेलेर स्वदेश फर्किएका सन्दिप आईपीएल खेल्न आउँदो मंगलबार दिल्ली जाने कार्यक्रम छ ।

आईपीएलको अक्सनमा दिल्ली डेयरडेभिल्सले सन्दिपलाई २० लाख भारुमा अनुबन्ध गरेको थियो । उनी आइपीएलमा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर हुन् ।

Comments

comments