सल्लेरी, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा एक अष्ट्रेलियाका नागरिक मृतावस्थामा फेला परेका छन् ।

गत पुस ४ गतेबाट बेपत्ता भएका ४३ वर्षीया अष्ट्रेलियाका नागरिक मुर्कंस इस्चेट खुम्बु पासाङल्हामु गाउँपालिका–४ को लोबुचेमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए ।

बिहान करिव ८ बजे भेटिएकोे उक्त शव फिस्टेल एयरको हेलिकप्टरबाट लुक्ला ल्याई आवश्यक प्रक्रिया पूरा गरी हेलिकप्टरमार्फत काठमाडौँ लगिएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए ।

रादुल एक्सप्रेसन कम्पनीमार्फत लुक्ला आई लोबुचे हिमाल आरोहण गर्ने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।रासस

Comments

comments