एजेन्सी। एक व्यक्तिले आफ्नी दुई वर्षकी छोरीलाई बन्जी जम्प गराएका छन्। मलेसियाका रेडहा रोज्लानले आफ्नी दुई वर्षकी छोरी मक्कालाई बन्जी जम्प गराएका थिए।
गत सोमबार रेडहाले क्वालालम्पुर नजिकै बन्जी जम्प गरेको भिडियो सामाजिक संजालमा राखेका थिए। उनले आफूले ६० मिटरको बन्जी जम्प गर्दा छोरीलाई काखमा राखेर बन्जी जम्प गरेका थिए ।
उनले भिडियो राखेपछि सामाजिक संजालमा उनको कामलाई रमाइलो मान्नेभन्दा आलोचना गर्ने धेरै भएका छन्। कतिले त यसलाई बालशोषण समेत भनेका छन्। तर उनले भने छोरीले नै चाहना राखेकोले पूर्ण सुरक्षा सहित बन्जी जम्प गरेको र एकपटक गरिसकेपछि छोरीले फेरी खेल्ने चाहना गरेको, तर आफूले नखेखाएको बताएका छन्।
Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.