– बिदुर लामिछाने

जब उठ्छु म,
ब्युँझाउँछु तिमीलाई,
हिमालमा पसिना बगाउँछु
पहाड, चुरे श्रेणीको बाटो भएर,
मेरो देश !!

खुशीले रुझाउँछु तिमीलाई
तराई, प्रदेश, मधेश भएर
हिमाल हाँस्छ,पहाड मुस्कुराउँछ
गुन्जिन्छ तराई,
मेरो देश !!

जब कर्णाली धाउँछु
मेचीलाई टेकेर,
पूर्वमा टिस्टा पश्चिम किल्ला
नारायणी बगाउँछु सेती मिसाएर,
मेरो देश !!

फ़ेवामा बस्छु अनि गाउँछु गीत
कोइली डाँफ़े, मुनाल बनेर
आवाज निकाल्छु
पातले छाँगो बनेर
सुन्छन् कोचिला,अवध
मधेसी,थारू बनेर,
मेरो देश !!

निस्कन्छु तिर्थ गर्न
जुम्ला,हुम्ला भएर
बिसाउँछु भारी गोसाईँकुण्ड,
पुग्छु पाथीभरा
फ़र्कन्छु जानकी, लुम्बिनी भएर
मेरो देश !!

पुग्छु गोर्खा सम्झन्छु इतिहास
हिमाल पहाड तराई ,
शान्तिको बाटो खोज्छु ,
पुग्छु लुम्बिनी, सम्झिन्छु
बुद्धका मुल मन्त्र
मेरो देश !!

चीत्र नेपाल खोज्छु
पुर्वमा टिस्टा पश्चिम किल्ला
उत्तर सगरमाथा यो प्यारो
मेरो देश !!
Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments