प्रधानमन्त्री सुशील कोइराला क्यान्सर मुक्त हुनुभएको छ ।

स्वास्थ्य परीक्षणका लागि अमेरिका पुग्नुभएका कोइरालाको स्वास्थ्य परीक्षणपछि उहाँमा देखिएको क्यान्सर नदेखिएको र अब क्यान्सर मुक्त भएको कोइरालाका निजी चिकित्सक प्राध्यापक डाक्टर करवीरनाथ योगी जानकारी दिनुभयो । कोइरालाले हिजो अमेरिकास्थित मेमोरियल स्लोन केट्रिङ क्यान्सर सेन्टर गएर स्वास्थ्य परीक्षण गराउनुभएको थियो ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार नै प्रधानमन्त्री कोइराला स्वास्थ्य परीक्षण गर्नुभएको हो । प्रधानमन्त्री कोइरालाको रगत जाँच, छातीको सिटी स्क्यान र पूरै शरीरको पिईटी स्क्यान गरिएको थियो । ती सबै परीक्षणले प्रधानमन्त्रीमा पहिले देखिएको रोग पूर्णरुपमा निको भएको सो अस्पतालका चिकित्सक मन्जित बेन्चले जानकारी गराएका थिए ।

प्रधानमन्त्री कोइरालाको करिब तीन महिनाअघि यसै अस्पतालमा फोक्सोको क्यान्सरका लागि रेडियोथेरापी गरिएको थियो ।

Comments

comments