एजेन्सी । बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेस्सीले रुस विश्वकपमा अर्जेन्टिनाले उपाधि नजिते अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषण गरेका छन् ।

विश्वकप खेल्ने अर्जेन्टिनी टोलीमा गोन्जालो हिगुइन, सर्जिओ एग्युरा, डिबालासँगै मेस्सीको टिम रहने अनुमान गरिएको छ ।

बार्सिलोनाका स्ट्राइकर मेस्सीले अहिलेसम्म विश्वकप जित्न सकेका छैनन् । विश्वकप नजितेका कारण उनको आलोचना हुने गर्छ । २०१६ मा कोपा अमेरिकाको फाइनलमा चिलीसँग हारेपछि ३० वर्षीय मेस्सीले सन्यास लिएर पुनः टिममा फर्किएका छन् ।

मेस्सीले अर्जेन्टिनी टीभीसँग भनेका छन्, ‘हामीलाई लाग्छ, यदि रुसमा हुने विश्वकप जितेनौं भने राष्ट्रिय टोली छाड्नुपर्छ ।’ उनले, ‘मेरो सपना छ रुसमा उपाधि जित्ने । मेरो चाहना छ कि ब्राजिलमा जस्तै खेल्ने ।’

अर्जेन्टिनाले १९८६ पछि विश्वकपको उपाधि जितेको छैन । यो पटक रुसमा विश्वकप हुँदै गर्दा मेस्सीसहितको अर्जेन्टिनी टोलीलाई उपाधिको दावेदारका रुपमा हेरिएको छ ।

Comments

comments