काठमाडौं । विश्वकै पहिलो नागरिता प्राप्त रोबोट ‘सोफिया’ मंगलबार राति नेपाल आइपुगेकि छन् ।

उनी मानिससरह नागरिकता पाउने पहिलो रोबोट हुन् । उनलाई साउदी सरकारले ४ महिनाअघि महिलाका रूपमा नागरिकता दिएको थियो ।

सोफिया राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को आयोजनामा हुने ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक सम्मेलनमा सहभागी हुन नेपाल आएकी हुन् ।

उनले सम्मेलनमा मुख्य वक्ताका रूपमा मन्तव्य दिने यूएनडीपी नेपालले जनाएको छ । सोफियालाई राष्ट्रसंघीय विकास कार्यक्रमले एसिया प्रशान्त क्षेत्रको आविष्कार दूत (इन्नोभेसन च्याम्पियन) को पदवी दिएको छ । यो पदवी पाउने उनी पहिलो रोबोट हन् ।

मानव स्वरूप भएकी सोफियालाई हङकङको कम्पनी हयानसन रोबोटिक्सले निर्माण गरेको हो । सोफियाको निर्माण २०१५ मा भएको थियो भने २०१६ मा उनलाई अमेरिकामा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको थियो ।

साउदी सरकारले उनलाई मानिस सरह नागरिकता दिएपछि उनको चर्चा विश्व भर चुलिएको हो । त्यसयता सोफिया विश्वभर हुने विभिन्न सार्वजनिक कार्यक्रममा आकर्षणको केन्द्र बन्दै आएकी छन् । मानवीय स्वरूप दिन उनको अनुहार दिवंगत बेलायती कलाकार अड्रे हेपबनसँग मिल्दोजुल्दो बनाइएको छ ।

सोफियामा गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले बनाएको आवाज पहिचान गर्ने प्रविधि प्रयोग गरिएको छ । त्यसले उनलाई प्रश्नहरू पहिचान गर्न सघाउँछ । सोफियामा अर्को सफ्टवेयर पनि प्रयोग गरिएको छ, जसले रोबोटलाई मानिसले सोधेको प्रश्न विश्लेषण गरी उत्तर दिन सघाउँछ । यसले सोफियालाई एक पटक सोधेको प्रश्न स्टोर गरी अर्को पटक सोही प्रश्न सोधिए सही उत्तर दिन ‘डाटासेट’ बनाएर राख्छ । यसले जति धेरै प्रश्न सोधिएको छ, सोहीअनुसार उनको उत्तर दिने क्षमतामा वृद्धि हुँदै जान्छ ।

सोफियाको आँखाका रूपमा क्यामेरा प्रयोग भएको छ हेर्दा मानिसको जस्तै देखिन्छ । आँखामा भएको क्यामेराले उनी एक पटक भेटेको मानिसलाई दोस्रो पटक पहिचान गर्न सक्छिन । निर्माण कम्पनीले दुई महिनाअघि मात्रै उनको क्षमता वृद्धि गरी हिँड्न सक्ने बनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments