एजेन्सी । एक महिला आफू सलमानको श्रीमती भएको भन्दै सलमानको घरमा जबर्जस्ति घुसेकी छिन् । ती महिलाले सुरक्षा घेरा तोड्दै सलमानको घरमा हंगामा मच्चाएकी हुन् ।

नाम नखुलाइएकी ती महिला सलमानको घरमा आइन् र त्यहाँ तैनाथ सुरक्षाकर्मीहरुलाई आफू सलमानको श्रीमती भएकोले भित्र जान दिन आग्रह गरिन् । तर, सुरक्षाकर्मीले मानेनन् । त्यसपछि उनले आफ्नो हातमा भएको चक्कु देखाउँदै, घर भित्र जान नदिए आत्महत्या गर्ने धम्की दिइन् । हंगामा मच्याउँदै उनले सुरक्षा घेरा तोडिन् र भित्र पसीन् तर सुरक्षाकर्मीहरुले पछि उनलाई नियन्त्रणमा लिन सफल भए।

ती महिला सलमान खानको ठूलो फ्यान भएकोले त्यसो गरेको बुझिएको छ। तर, जब उनले सलमान खानलाई भेट्न त्यो सब गर्दैथिइन् , त्यतिबेला सलमान भने रेस-३ को सुटिंगको लागि देश बाहिर थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments