एजेन्सी । अमेरिकाका विभिन्न शहरमा सञ्चालित रेष्टुराँ र ग्रोसरी पसलहरुमा मुसाको मासु विक्री हुने गरेको खबर सार्वजनिक भएको छ ।

बोनलेस चिकेनका रुपमा मुसाको मासु खुलेआम विक्री हुने गरेको समाचारमा उल्लेख छ ।

यसबारेमा अमेरिकाको खाद्य तथा औषधि मामिला हेर्ने उच्च निकाय एफडिएले अनुसन्धान गरिरहेको छ । चीनबाट निर्यात गरिने चिकेनका प्याकेटहरुको परीक्षणका क्रममा मुसाको मासुको अवशेष भेटिएको उल्लेख छ ।

एफडिएले अवैध रुपमा चीनबाट त्यस्ता खाद्यन्नहरु निर्यात भैहेको सूचनका आधारमा समुद्री बन्दरगाहहरुमा चेकजाँचमा कडाइ गरेको छ ।

Comments

comments