काठमाडौं । नेपाल आइड वुद्ध लामाको पहिलो गीत तिमी साथ भएपछि भिडियोसहित सार्वजनिक भएको छ ।

गजल शैलीको गीत तिमी साथ भएपछिमा सुरेश वाग्लेको शब्द र हरि लम्सालको संगीत रहेको छ । भिडियोको निर्देशन अर्जुन अधिकारीले गरेका छन् भने पल शाह र आँचल शर्माको जोडी फिचरिङ छन् ।

गरिव तथा जेहेन्दार परिवारका लामा नेपाल आईडमा आएसँगै नेपाली संगीत क्षेत्रमा मात्र नभई विश्वमा एक होनोहार गायकको रुपमा परिचित भएका छन् । गला, कला, स्वरका धनी वुद्धले तिमी साथ भएपछि गीतको वोलसँगै आगामि दिनमा निरन्तर आफ्नो गायन कलालाई दर्शकको माझामा ल्याउने आशा आम नेपाली दर्शकहरुको रहेको छ ।

Comments

comments