बुटवल । भैरहवाको गौतमबुद्ध विमानस्थलमा यती एयरको विमान दुर्घटना भएको छ । विमानमा रहेका २६ जना यात्रु र चालक दलका सदस्य भने सकुशल रहेका छन् ।

आइतबार अपरान्ह काठमाडौंबाट आएको विमान रन वे मा गुडिरहेका बेला चक्का लग हुँदा विमान दुर्घटनाग्रस्त भएको हो। काठमाडौंबाट ४ः४० मा उडेको जुलेट चार्ली विमान ५ः११ मा भैरहवा विमानस्थलमा अवतरण भएपछि दुर्घटनाग्रस्त भएको थियो।

विमान दुर्घटनालगत्तै विमानस्थल अहिले बन्द भएको छ।

File Photo

Comments

comments