मेलबर्न । न्युजिल्याण्डमा कामदारहरुलाई कम तलब दिने एक रेष्टुरेन्टले ४१ हजार डलर जरिवाना तिरेको छ। भारतका सतिश शेट्टीले संचालन गरेको शामियाना एण्ड शामियाना इन्टरप्राइजेजले जरिवाना तिरेको हो ।

उक्त रेष्टुरेन्ट न्युजिल्याण्ड भरि विभिन्न शाखा मार्फत फैलिएको छ। न्युजिल्याण्डमा यस इन्टरप्राइजेजका २२ रेष्टुरेन्ट छन् । ती २२ रेष्टुरेन्टमा रहेका सबै कामदारहरुलाई रेष्टुरेन्टले न्युन तलब दिंदै आएको थियो। कामदारहरुले पटक पटक कुरा राख्दा पनि व्यवस्थापन समितिले नसुनेपछि उनीहरुले सरकारी अधिकारिहरु समक्ष गुनासो राखेका थिए।

सरकारी अधिकारिहरुको अनुसन्धानबाट इन्टरप्राइजेजले कामदारहरुलाई सेवा सुविधा र तलबमा शोषण गरेको प्रमाणित भएपछी इन्टरप्राइजेजले जरिवाना रकम तिरेको हो।

Comments

comments