काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षका लागि आज निर्वाचन हुँदैछ । उपाध्यक्षमा वाम गठबन्धन र कांग्रेसले उम्मेदवारी दिएका कारण आज निर्वाचन हुन लागेको हो ।

संघीय संसद सचिवालयका अनुसार उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी शशिकला दाहाल र नेपाली कांग्रेसका वृन्दादेवी आले ९राना० ले उम्मेदवारी दिएकी छन् । उपाध्यक्षका उम्मेदवार दाहाल महोत्तरीकी हुन् भने आले कास्कीकी हुन् ।

निर्वाचन प्रक्रियामा अध्यक्षबाहेक ५८ जनाले मतदानमा भाग लिने छन् । संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभालाई प्रबुद्ध समूहको थलोका रुपमा हेर्ने गरिन्छ ।

राष्ट्रियसभामा पनि वाम गठबन्धनमा आबद्ध एमाले–माओवादीको स्पष्ट बहुमत भएकाले दाहाल विजयी हुने निश्चितजस्तै छ ।

Comments