काठमाडौं । उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन आयोगले आज गर्ने भएकोछ ।

उपराष्ट्रपति पदका लागि उम्मेदवारी मनोनयन दर्ता गर्न शनिबार समय दिइएकोमा वाम गठबन्धनका तर्फबाट नन्दबहादुर पुनको मात्रै उम्मेदवारी परेको थियो ।

उपराष्ट्रपतिका लागि चैत ९ गते मतदान गर्ने तालिका आयोगले सार्वजनिक गरे पनि पुनको मात्र उम्मेदवारी परेकाले आयोगले आज उनी निर्विरोध निर्वाचित भएको घोषणा गर्न लागेको हो ।

निर्वाचन आयोगले पुनविरुद्ध कसैको उम्मेदवारी नपरेकाले उनी उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भएको घोषणा आज गरिने जानकारी दिएको छ ।

पुनको उपराष्ट्रपतिमा यो दोस्रो कार्यकाल हो । अघिल्लो कार्यकालमा कुशल भूमिका निर्वाह गरेको भन्दै वाम गठबन्धनले उनलाई उम्मेदवार बनाएको थियो ।

Comments

comments