नेपालीहरुको ठूलो पर्व दशैं तिहार नजिकिदैछ । विभिन्न कारणले देश र परिवारसँग छुट्टिएर बसेकाहरु पनि यो पर्वको निहूँ पारेर स्वदेश र घर फर्कने गर्छन् । त्यसैले परिवार मिलनको हिसावले पनि यो पर्वको छुट्टै सामाजिक महत्व छ ।

तर सबैले यो पर्वमा विदा पाउँछन् वा घर फर्कन पाउँछन्  भन्ने छैन । त्यसरी दशैं तिहारको वेला पनि घर जान नपाउँदा र परिवारसँग रम्न नपाउँदाको पीडा अवश्य पनि नरमाइलो हुन्छ । हो,यस्तै पीडालाई निर्देशक जीवन रसाइलीले म्यूजिक भिडियो बनाएका छन् ।

आफ्नै शव्द रचनामा रहेको यस गीतलाई गायक आश्विनले गायका छन् भने संगीत देव खड्काको छ ।

अष्ट्रेलियामा छायाँकन गरिएको यस गीतको म्यूजिक भिडियोमा बद्री खनाल,विनिता ढकाल,सुष्मा बस्नेत,राज कँडेल र बाल मोडल अमाङ्गेल थापा मगरको अभिनय रहेको छ ।

Comments

comments