काठमाडौं। जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत एकदिवसीय मान्यताका लागि निर्णायक खेलमा नेपालले अहिले पपुवा न्यूगिनीसँग खेलिरहेको छ ।

टस जितेर पहिले फिल्डिङ गरेको नेपालले १ सय १५ रनको लक्ष्य पाएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले २७.२ ओभरमा १ सय १४ रनमात्र बनाउन सक्यो ।

पिएनजीलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दिप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ४-४ विकेट लिए। करन केसी र सोमपाल कामीले १-१ विकेट लिए।

Comments

comments