मेलबर्न । विश्वका सबैभन्दा बढी खुशी राष्ट्रहरुको सूचीमा अष्ट्रेलिया दशौ स्थानमा आएको छ। संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले सूची सार्वजनिक गरेको हो ।

जनताको आय, स्वतन्त्रता, विश्वास, सुरक्षा, स्वास्थ्य, जीवनको सम्भाव्यता, सामाजिक सहकारिता र उदारतालाई आधार बनाएर हरेक वर्ष यो सूची तयार गरिन्छ। यस सूचीमा गत वर्ष पहिलो नम्बरमा आएको नर्वे यो वर्ष दोस्रो नम्बरमा झरेको छ भने फिनल्याण्ड पहिलो नम्बरमा उक्लिएर विश्वकै सबैभन्दा खुशी राष्ट्रको परिचय बनाउन सफल भएको छ।

उक्त रिपोर्टमा उल्लेख भए अनुसार नेपाल विश्वकै खुशी राष्ट्रहरुको सूचीमा ९९ औं स्थानमा आएको छ । गत वर्ष ११८ औं स्थानमा रहेको भारत, यो वर्ष झन् तल झर्दै १२२ औं नम्बरमा आएको छ। त्यस्तै पाकिस्तान ८० औं स्थानमा, भुटान ९७ औं स्थानमा, बंगलादेश ११० र श्रीलंका १२० मा पर्न सफल भएका छन् ।

विश्वका सबैभन्दा बढी खुशी १० राष्ट्रहरु :

१. फिनल्याण्ड

२. नर्वे

३. डेनमार्क

४. आइसल्याण्ड

५. स्विजरल्याण्ड

६. नेदरल्याण्ड

७. क्यानडा

८. न्युजिल्याण्ड

९. स्विडेन

१०. अष्ट्रेलिया

Comments