काठमाडौं । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो कार्यकालका लागि बुधवार पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबीच प्रधानन्यायाधीश गोपाल पराजुलीले भण्डारीलाई शपथ गराउनुभएको हो ।

शपथ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राजनीतिक दलका नेता तथा सांसदहरू उपस्थित थिए ।

मंगलवार भएको निर्वाचनमा नेपाली कांग्रेसकी उम्मेदवार कुमारीलक्ष्मी राईलाई पराजित गर्दै भण्डारी राष्ट्रपति निर्वाचित हुनुभएको थियो ।

भण्डारी यसअघि ११ कात्तिक २०७२ मा पहिलोपटक राष्ट्रपति निर्वाचित हुनुभएको थियो ।

यसैबीच राष्ट्रपतिलाई शपथ खुवाइरहँदा प्रधानन्यायाधीस पराजुली भने पदमुक्त भैसक्नुभएको थियो । उमेर हदका कारण गत साउन १ गते नै अवकाश पाएको भन्दै न्यायापरिषदको वैठकले पराजुलीलार्य बुधवार पदमुक्त गर्ने निर्णय गरेको हो ।

Comments

comments