मेलबर्न। अष्ट्रेलियामा नेपाली स्पोर्ट्स टिमको सहयोगार्थ डिनर कार्यक्रमको आयोजना गरिएको छ। नेपलिज भिक्टोरिया स्पोर्ट्स टिमलाई आवश्यक सहयोग रकम संकलन गर्नको लागि कार्यक्रमको आयोजना गरिएको हो।

भिक्टोरिया स्पोर्ट्स टिम आगामी ३० मार्च देखि २ अप्रिल सम्म हुन लागेको इन्टरस्टेट स्पोर्टस् मिटमा सहभागी हुँदैछ। त्यसैले सो टिमलाई सबै नेपाली मिलेर बलियो बनाउनको लागि आगामी १७ मार्चमा डिनर कार्यक्रम हुने भएको हो।

कार्यक्रममा लिइने प्रति व्यक्ति ३० डलर प्रवेश शुल्क र लिलामीबाट आएको रकम स्पोर्ट्स टिमलाई जानेछ। इच्छुकहरुले प्रवेश शुल्क बाहेक सहयोग रकम दिन तथा ‘स्पोन्सर’ पनि गर्न सक्नेछन् ।

उक्त डिनर कार्यक्रममा खाना, ड्रिंक्स र साथमा सांस्कृतिक प्रस्तुती समेत रहनेछन्। कार्यक्रम बेलुका ६ बजेदेखी ११ बजेसम्म Estonian House मा हुनेछ ।

No automatic alt text available.

Comments

comments