एजेन्सी । वैज्ञानिक स्टिफन हकिंगको निधन भएको छ। प्रतिभावान र प्रेरक व्यक्तिको रुपमा चिनिने हकिंगको ७६ वर्षको उमेरमा आज निधन भएको हो।

शारीरिक अपाङ्गताका बावजुद पनि उनले आफ्नो क्षेत्रमा ठूलो सफलता हात पारेका थिए। भौतिकशास्त्रीको रुपमा चिनिने उनले ब्ल्याक होल र सापेक्षताको सिद्धान्तमा गरेको काम उल्लेखनीय मानिन्छ।

विज्ञानको क्षेत्रमा थुप्रै पुस्तकहरु समेत लेखेका स्टिफनको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ विशेष चर्चित छ।

स्टिफनको निधनको खबर दिंदै उनको परिवारले उनी साधारण तर अद्वितीय व्यक्ति भएको बताएको छ। उनको परिवारका सदस्यहरुले स्टिफनले आफ्नो परिवार र देशलाई मात्र नभएर पूरै विश्वलाई प्रेरणा दिएको भन्दै उनी सधै अमर रहने बताएका छन्।

Comments