काठमाडौ । राष्ट्रपति निर्वाचनमा मतदान सकिएको छ । मुलुकको तेस्रो राष्ट्रपतिको लागि मंगलबार भएको कुल ८ सय ८० मतदाता मध्ये ८ सय ६३ मत निर्वाचनमा खसेको छ ।

मतदानमा संघीय संसदमा ४ र प्रदेशसभामा १३ मतदाता अनुपस्थित भएका छन् । निर्वाचनमा संघीय संसद्का ३ सय ३१ र प्रदेशसभाका ५ सय ४९ मतदाता थिए । कानुनले संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ तोकेको छ । प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ गरी संघीय संसद्का ३ सय ३४ र सातवटै प्रदेशसभाका ५ सय ५० सदस्य मतदाता हुने व्यवस्था छ ।

निर्वाचनमामा वाम गठबन्धनबाट राष्ट्रपति विद्यादेवी भण्डारी पुन उम्मेदवार बन्नु भएको छ । नेपाली कांग्रेसले कुमारीलक्ष्मी राईलाई उठाएको छ । राष्ट्रपति भण्डारीको पक्षमा नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीय तथा प्रदेश सांसदहरुले मतदान गरेका छन् ।

निर्वाचन आयोगले मतदानको लागि बिहान १० देखि दिउँसाे ३ बजेसम्मको लागि समय अवधि तोकेको थियो । मतगणना मंगलबार नै गर्ने कार्यक्रम छ । राष्ट्रपतिमा भण्डारी नै विजयी हुने निश्चित छ ।

Comments

comments