काठमाडौं । प्रेमगीतबाट चर्चामा आएका प्रदिप खड्का अहिले लिलीबिलीको काममा व्यस्त छन्। लिलिबिलीकै काम चलिरहँदा केही दिन अगाडी उनले आफ्नो जन्मदिन पनि फिल्म युनिटसंग मनाएका छन्।

जन्मदिनमा विभिन्न सहरमा रहेका आफ्ना फ्यानहरुले केक काटिरहेको, जन्मदिन मनाएको भिडियो पठाएपछि प्रदिप खुशीले दङ्ग भएका थिए। युवतीहरुको ‘क्रस’ बनेका उनले जन्मदिनकै एक भिडियो अन्तर्वार्तामा बोल्दै आफू सिंगल रहेको र फ्यानहरुले अझै पनि प्रेम प्रस्ताव राख्ने अवसर रहेको बताए।

जन्मदिन विशेष उक्त भिडियो अन्तर्वार्तामा उनले आफूले आफ्नो गर्लफ्रेन्डमा चाहेको विशेषता पनि बताएका छन्। उनले भनेका छन् , ” मेक-अप गर्ने, लामो कपाल भएकी, स्कट लगाउने खालको ” । यसपछि उनले हाँस्दै थपेका छन् , ” मतलब, केटी भएपछि केटी जस्तै हुनुपर्यो, केटा जस्तो हुनुभएन”।

Comments

comments