काठमाडौं । मुलुकको तेस्रो राष्ट्रपतिकालागि संघीय संसदमा अहिले मतदान भइरहेको छ ।

राष्ट्रपति चयनका लागि आज बिहान १० बजेदेखि नै मतदान प्रक्रिया शुरु भएको हो । दिउँसो ३ बजेसम्म संघीय संसद भवन नयाँबानेश्वरमा मतदान हुने संसद सचिवालयले जनाएको छ । मतदानमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरुले भाग लिने छन् ।
निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि छुट्टाछुट्टै मतपत्र र मतदान केन्द्र निर्धारण गरिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि हरियो र प्रदेशसभा सदस्यहरुका लागि रातो रंगको मतपत्रको व्यवस्था गरिएको छ ।

राष्ट्रपति निर्वाचनमा नेकपा एमालेको तर्फबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसबाट पूर्वसांसद कुमारीलक्ष्मी राई निर्वाचनको मैदानमा छन् । उनीहरु दुवै जना भोजपुरका हुन् । भण्डारीलाई वाम गठबन्धनसहित अन्य साना दलको समर्थन रहेकोले पुनः राष्ट्रपतिमा दोहोरिने निश्चितछ ।

Comments

comments