काठमाडौं । राष्ट्रपति निर्वाचनमा विवेकशील साझा र नयाँ शक्ति पार्टी सहभागी नहुने भएका छन् ।

राष्ट्रपतिका दुवै उमेदवार हेर्दा जोसुकै विजयी भएपनि दलीय प्रभावबाट माथी उठेर कार्यसम्पादन गर्ने अवस्था नदेखिएको भन्दै विवेकशील साझाले निर्वाचनमा भाग नलिने बताएको छ ।

आज हुन लागेको राष्ट्रपति निर्वाचनमा नेकपा एमाले कातर्फबाट विद्यादेवी भण्डारी र कांग्रेसबाट कुमारी लक्ष्मी राई उम्मेदवार छन् ।

शुरुदेखि नै प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको पक्षमा रहेको नयाँ शक्तिले निर्वाचनमा भाग नलिने जनाएको छ ।

प्रदेशसभामा विवेकशील साझा पार्टीका रमेश पौडेल, विराजभक्त श्रेष्ठ र शोभा शाक्य सदस्य छन् । उनीहरु तीनैजना प्रदेश ३ का हुन् । राष्ट्रपति निर्वाचनमा प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य मतदाता हुन्छन् ।

Comments

comments