काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार भएको छ ।

सोमबार साँझ मोटरसाइकलमा आएको अज्ञात समूहले उनलाई गोली प्रहार गरेको प्रदेश नं ७ प्रहरी कार्यालयका प्रमुख एआईजी माधवप्रसाद नेपालले पुष्टि गर्नुभयो ।

उनको स्थानीय घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । र, अहिले उपचारका लागि अन्यत्र लाने तयारी भइरहेको जनाइएको छ ।

Comments

comments