काठमाडौं । विमान दुर्घटनामा भाग्यले बाँचेका वसन्त बोहोराले दुर्घटनामा परेको बंगलादेशी विमानलाई चालकले उत्तरतिरबाट अवतरण गराउन खोज्दा खोज्दै धावनमार्गमा धसारिएपछि आगलागी भएको खुलासा गरेका छन् ।

३३ नेपालीसहित ७१ जना सवार विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर नजिकैको फुटबल मैदानमा पुगेर आगो लागेपछि वसन्त बोहोरा विमानको झ्याल फुटाएर बाहिर निस्किएपछि भाग्यले बाँचेको बताएका छन् ।

उनले अस्पतालमा पटक पटक खुशीले रुँदै भने म त बाँचे तर दुख लागेको छ सँगै मेरै सिटमा बसेका नेपाली दाजुभाईहरुको अवस्था देख्दा र सुन्दा धेरै दुख लागेको छ । चारजना चालक दलका सदस्य ७१ जना सवार रहेको उक्त विमान दुर्घटनामा परेपछि आगो लागेको थियो । केही यात्रुको सकुशल उद्धार गरिएको छ । बंगलादेशको यूएस बंगला एयरलाइन्सको ड्यास ८ क्यू ४०० उक्त विमान सोमबार दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरण गर्ने क्रममा धावन मार्गमा चिप्लेर दुर्घटना भएको हो ।

Comments

comments