नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय सस्थाबाट पुनः १० अर्ब रुपैयाँ निक्षेप लिने भएको छ ।

केन्द्रीय बैंकले भोलि मंगलबार बोलकबोल गराएर थप १० अर्ब रुपैयाँ लिन लागेको हो । यसअघि राष्ट्र बैंकले दुई पटकमा ३० अर्ब निक्षेप लिइसकेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा तरलता व्यवस्थापनका लागि बैंक तथा वित्तीय सस्थामा रहेको निक्षेप केन्द्रीय बैंकले खरिद गर्ने उपकरणको व्यवस्था गरिएको हो । सोही व्यवस्था अनुसार दुई महिनामा तेश्रो पटक यो उपकरणे तीन महिनाका लागि प्रयोग गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले पर्सि बुधबार पाँच अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने तयारी पनि गरेको छ ।

Please follow and like us:

Comments