काठमाडौं । आईसीसी एकदिवशीय विश्वकप छनोटको समूह चरणको अन्तिम खेलमा नेपाल र हङकङबीच अहिले प्रतिसपर्धा हुँदैछ ।

जिम्बावेको बुलावायोस्थित एथ्लेटिक्स क्लवको मैदानमा टस हारेर नेपालले पहिले फिल्डिङ गर्ने भएकाे छ ।

नेपालका लागि सुपरसिक्समा पुग्ने सम्भावना जीवितै राख्न र एकदिवशीय मान्यता पाउनका लागि पनि हङकङबिरुद्धको खेलमा जित हासिल गर्नु अत्यावश्यक छ ।

सुपर सिक्समा पुग्न नेपालले हङकङलाई फराकिलो रनरेटमा हराउनुपर्नेछ भने एक दिवशीय मान्यता पाउने सम्भावना जीवितै राख्न कम्तिमा जित हासिल गर्नु आवश्यक छ ।

शनिबार अफगानिस्तानबिरूद्द खेलेका नेपाली टाेलीलार्इ हङकङबिरूद्द पनि निरन्तरता दिइएकाे छ ।

नेपाली टोलीः पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, रोहित कुमार पौडेल, ललित राजवंशी र अनिल साह ।

हङकङ टोलीः बाबर हायत (कप्तान), अंशुमन रथ, निजाकात खान, क्रिष्टोफर कार्टर, साहिद वासिफ, सिमनदिप सिंह, इशान खान, अइजाज खान, तान्विर अफजल, इशान नावाज, नदिम अहमद ।

Comments

comments