एजेन्सी। एउटा गीतको केही अंशको मात्र अभिनयले प्रिया प्रकाश वारियर एकाएक भाइरल बनिन्। सोही भिडियो मार्फत युवाहरुको ‘क्रस’ बनेकी उनलाई त्यही भिडियोले नै बलिवुडको समेत ढोका खोलिदिएको छ।

भारतीय संचारमाध्यमहरुका अनुसार बलिवुडका बिभिन्न चलचित्र निर्माताहरुले प्रियालाई फिल्म खेलिदिन अनुरोध गर्दै आएका छन् । धेरैको प्रस्तावलाई बेवास्ता गरेकी उनले रोहित शेट्टी ले निर्देशन गर्न लागेको चलचित्र ‘सिम्बा’ का लागि सहमति जनाएकी छन् ।

रणवीर कपुर प्रहरीको भुमिकामा देखिने उक्त चलचित्र यही वर्षको डिसेम्बर महिनाको २१ तारिखमा रिलिज हुनेछ ।

Comments

comments