काठमाडौं । चिकित्सक गोविन्द केसी र कान्तिपुरको अदालतको अवहेलना सम्बन्धी मुद्दामा सोमबार पनि सुनुवाई हुँदैछ । यो मुद्दा आइतबारको वृहत इजलासमा ‘हेर्दाहेर्दै’ मा रोकिएको थियो । दुवै मुद्दाको एकैसाथ अन्तिम फैसला गर्ने तयारी छ ।

आइतबार केसीको मुद्दामा निवेदक पक्षको बहस सकिएको छ भने कान्तिपुरको बहस जारी रहेकै अवस्थामा ‘हेर्दाहेर्दै’ मा रोकिएको थियो । सोमबार कान्तिपुरको मुद्दामा पक्षको बहस हुनेछ ।

कान्तिपुर र गोविन्द केसीविरुद्धको अदालतको अवहेलना सम्बन्धी मुद्दा प्रधानन्यायाधीश गोपाल पराजुलीसहित सातजना न्यायाधीशको वृहत पूर्ण इजलाशमा पेशी तोकिएको थियो ।

दुवै मुद्दा अदालतकोे अवहेलनासम्बन्धी भएकाले एउटै इजलाशमा सुनुवाइ गर्ने तय भएको थियो । प्रधानन्यायाधीश गोपाल पराजुलीको पाँचवटा जन्म मितिसम्बन्धी समाचार कान्तिपुरले प्रकाशन गरेपछि अधिवक्ता तोयानाथ ढुंगानाले फागुन १४ र गोविन्द केसीविरुद्ध सर्वोच्च आफैँले पुस २५ गते अवहेलना मुद्दा दायर गरेको थियो ।

आइतबार दुवै मुद्दाको सुनुवाइका लागि वृहत पूर्ण इजलाश तोकिएको थियो । इजलाशमा प्रधानन्यायाधीश पराजुलीसहित ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जबरा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सारदा प्रसाद घिमिरे र तेजबहादुर केसी छन् ।

निवेदकका तर्फबाट बहस सक्किए पछि सोमबार डाक्टर केसी र कान्तिपुरतर्फबाट बहस हुनेछ ।

Comments

comments