काठमाडौं । राष्ट्रियसभाको अध्यक्षका लागि सोमबार मनोनयन दर्ता हुँदैछ । बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मका लागि मनोनयन दर्ताको समय रहेको छ ।

५९ सदस्यीय राष्ट्रियसभाको अध्यक्षका लागि नेकपा एमालेले पर्शुराममेघी गरुङ र गणेश तिमिल्सिना मध्ये एकलाई उम्मेदवार बनाउने सम्भावना छ । तर अहिले नै टुंगो भने लागेको छैन । वाम गठबन्धनमा राष्ट्रियसभाको अध्यक्ष एमालेको भागमा परेको छ ।

उम्मेदवार टुंगो लगाउने विषयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सोमबार बिहानैदेखि नेताहरुसँगको परामर्शमा रहनुभएको छ ।

यसैबीच राष्ट्रियसभाका अध्यक्ष पर्शुराम मेघी बन्ने संभावना प्रवल बनेको छ । प्रधानमन्त्री निकट श्रोतका अनुसार वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने मेघीलाई राष्ट्रियसभाका अध्यक्ष बन्ने संभावना प्रवल बनेका हो ।

राष्ट्रपति पदमा विद्या भण्डारीलाई नेपालले समर्थन गरेकाले ओलीले पनि आफू निकट गणेश तिमिल्सिनालाई छोडेर नेपाल निकट मेघीलाई राष्ट्रियसभाका अध्यक्ष पद दिने मनस्थितिमा पुग्नुभएको छ ।

स्रोतका अनुसार सोमबार बिहान प्रधानमन्त्री र शीर्ष नेतृत्वबिच पनि उक्त विषयमा छलफल भएको थियो । सात प्रदेशको अवधारणा ल्याउन महत्वपूर्ण भूमिका खेलेका मेघी नेपालको विश्वासपात्र मानिन्छन् ।

राष्ट्रियसभाले प्रदेशको समेत प्रतिनिधित्व गर्ने भएकाले संघीय संरचनाको कार्यान्वयनका लागि पनि मेघी उपयुक्त पात्र बन्न सक्ने ठम्याई ओली र नेपाल दुवैको छ ।

Comments

comments