सिड्नी । महिलामाथी हुने सबैथरी हिंसाको अन्त्य र मानसिक रोगविरुद्ध सचेतना जगाउनको लागि आयोजना गरिएको वाक फर वेलफेयरको सिड्नी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमलाई एनआरएनए अष्ट्रेलियाले आयोजना गरेको हो।

वाक फर वेलफेयर अनतर्गतको पदयात्रा शनिबार विहान ८ बजे स्थानीय ब्राईटन बिचबाट सुरु भएर क्रुक्स पार्कमा पुगेपछि औपचारिक कार्यक्रम गरि सम्पन्न भएको थियो। उक्त औपचारिक कार्यक्रममा डा. घनश्याम चापागाईंले मानसिक रोगका बिरामीलाई हेला गर्ने होइन रोगको निदान खोज्नुपर्ने धारणा राखेका थिए। त्यस्तै, वाक फर वेलफेयरकी संयोजक प्रतिज्ञा अधिकारीले दुई सयजनाको सहभागिता भएको उक्त वाक फर वेलफेयर कार्यक्रमले महिला हिंसा अन्त्यका लागि महत्त्वपूर्ण योगदान गर्न सक्ने विश्वास व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा उपस्थितहरुलाई नारी निकुञ्ज न्यूसाउथवेल्सकी संयोजक सन्ध्या शाहले स्वागत गरेकी थिइन् भने एनआरएन महासचिव नारायण कोइरालाले औपचारिक कार्यक्रमको संचालन गरेका थिए । कार्यक्रममा विभिन्न नेपाली संघ-संस्थाका प्रतिनिधी तथा एनआरएनएका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

वाक फर वेलफेयर कार्यक्रम आगामी १७ मार्च क्यानबेरामा र १८ मार्च ब्रिसबेन, मेलबर्न, एडिलेड लगायतका सहरमा गरिने भएको छ।

Comments

comments