कैलाली । कथित बोक्सीको आरोपमा किशोरीलाई कुटपिट गर्ने किस्मती चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

घोडाघोडी नगरपालिकाकी–१८ की राधा चौधरीलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन स्थानीय रामबहादुर चौधरीले कथित भोले बाबा बनेर नागको जस्तो हात गर्दै किशोरीको पिठ्युमा हिर्काउँदा गाउँले भने रमिते बनेर हेरिरहे ।

रामबहादुर चौधरीले आफूलाई बोक्सी लगाएको आरोप लगाउँदै पार्वती चौधरी र उनकै आफन्त किस्मती चौधरीले निर्घात कुटपिट गरेका थिए । उनीहरुले राधाको पेट र संवेदनशील अंगमा मुड्की र लात्ताले लगातार हिर्काएका थिए ।

घटना पछि प्रहरीले जाहेरी लिन मानेको थिएन । चौतर्फी दबाब परेपछि केहीबेरमा मुद्धा दर्ता गर्न लागिएको छ ।

Comments

comments