एजेन्सी। इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई दुई एक गोल अन्तरले हराएको छ ।

लिगको पाचौ स्थानमा रहेको चेल्सीको जितमा विलियमले एक गोल गरे भने ३२ औं मिनेटमा चेल्सीले उपहार गोल मार्फत खेल दुई शून्यमा पुर्यायो । क्रिस्टल प्यालेसका मार्टिन केलीले बल क्लियर गर्ने क्रममा आफ्नै पोष्टमा गोल गर्न पुगे ।

तर, ९० आैं मिनेटमा प्याट्रिक भान आनहोल्टले एक गोल फर्काए पनि क्रिस्टललाई हारबाट जोगाउन पर्‍याप्त बनेन । यो हारले क्रिस्टललाई रेलिगेसनको खतरा बढेको छ ।

चेल्सीको ३० खेलबाट ५६ अंक छ भने रेलिगेसन जोनमा रहेको क्रिस्टलको समान खेलबाट २७ अंक छ।

Comments

comments