मेलबर्न । न्युजिल्याण्डको अकल्याण्डमा एक नेपाली युवा मृत फेला परेका छन् । पोखराका २५ वर्षीय आशिक परियार स्थानीय पार्कमा झुन्डिएको अवस्थामा फेला परेका हुन्।

आशिक करिब ३ साता अघि मात्र न्युजिल्याण्ड आएका थिए। आशिककी श्रीमती न्युजिल्याण्डमा पढ्दै थिइन्। श्रीमतीलाई भेट्नको लागि उनी न्युजिल्याण्ड आएका थिए ।

प्रारम्भिक अनुसन्धान अनुसार, पारिवारिक तनावका कारण उनले आत्महत्या गरेको आशंका गरिएको छ । उनको शवलाई अकल्याण्ड अस्पतालमा राखिएको छ र प्रहरीले घटनाको बारेमा थप अनुसन्धान अगाडी बढाएको छ।

एनआरएन न्युजिल्याण्डले मृतकको पारिवारिक चाहना अनुसार शवलाई अन्तिम संस्कारका लागि नेपाल पठाउने पहल भइरहेको बताएको छ । एनआरएनले अहिले सहयोग संकलन गरिरहेको जानकारी दिदै सहयोगका लागि सामाजिक संजाल मार्फत सबैलाई आग्रह समेत गरेको छ।

Comments

comments