एजेन्सी । बंगाली टिभी कलाकार मौमिता साहले आत्महत्या गरेकी छिन्।

कोलकातामा रहेको भाडाको कोठामा आज मौमिता साहको मृतक शरीर प्रहरीले झुण्डिएको अवस्थामा फेला परेको हो।

२३ वर्षिय साहले पछिल्लो समय सामाजिक संजालहरुमा उदास भएका फोटाहरु पोस्टहरु गर्दै आएकी थिइन्। प्रहरीको अनुसन्धानबाट उनले टेलिभिजन छोड्ने तयारी गरेको कुरा पनि खुलेको छ।

साहले किन आत्महत्या गरिन भन्ने कुराको प्रहरीले अनुसन्धान गरिरहेको छ।

Comments

comments