काठमाडौं । आइसीसी विश्वकप छनोट अन्तर्गत नेपालले लगातार तेस्रो हार ब्यहोरेको छ । शनिवार भएको समूहको तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भयो । हारपछि नेपालको सुपरसिक्समा पुग्ने गणितीय सम्भावना मात्र बाँकि छ ।

जिम्बावेको बुलाआयो स्थित एथ्लेटिक क्लवमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ५ बलमा एक सय ९४ रनमा अलआउट भयो ।

नेपालका लागि कप्तान पारस खड्काले कप्तानी पारी खेल्दै ७५ रन बनाए । लिष्ट ए मा आठौ अर्धसतक बनाउने क्रममा पारसले ८२ बलमा १० चौका एक छक्का प्रहार गरे ।

तर नेपालको ओपनिङ जोडी आजपनि फ्लप बन्यो । दिलिप नाथको स्थानमा ओपनिङको जिम्मेवारी पाएका अनिल शाह मात्र ७ रनमा आउट हुदा नेपालले १३ रनमा पहिलो विकेट गुमायो ।

दोस्रो विकेटका लागि कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले ९२ रनको साझेदारी गर्दै नेपालको पारी सम्हालेका थिए । तर ज्ञानेन्द्र मल्ल २३ रनमा आउट पेभेलियन फर्किदा नेपालले दोस्रो विकेट गुमायो ।

नेपालको स्कोर १११ रन हुदा कप्तान पारस आउट भए । एक समय राम्रो स्थानम रहेको नेपालले अरु ८३ रन जोड्दा सबै विकेट गुमाउन पुग्यो ।

नेपालका लागि दिपेन्द्र सिह एरी ३२, आरीफ शेख २३, सोमपाल कामी र बसन्त रेग्मीले ९(९ रन बनाए । यस्तै जारी प्रतियोगितामा पहिलो खेल खेलेका करण केसीले ६ रन बनाए । बलिङ तर्फ मोहम्मद नाबीले ४ विकेट लिए भने रासिद खानले ३ विकेट लिए ।

जवाफमा अफगानिस्तानले ३८ ओभर ४ बलमा चार विकेट गुमाउदै लक्ष्य पुरा गर्यो ।

उसका लागि रासिद खानलाई २१, जाभेद अहमेद २६ रन, रहमात खानलाई ४६ तथा मोहम्मद नावी ३४ रनको योगदान गरे । हारपछि नेपालले सुपरसिक्समा पुग्ने सम्भावना गणितीए रुपमा मात्र बाँकी छ ।

अब नेपालले समूहको अन्तिम खेलमा हङकङलाई भारी अन्तरले हराउनेछ । आजै भएको अर्को खेलमा हङकङ जिम्बावेसँग पराजित भएको छ । जीतसँगै जिम्बावे सुपरसिक्समा पुगेको छ ।

अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएमा नेपालको सम्भावना समाप्त हुनेछ भने जित निकालेमा अफगानिस्तान हङकङ र नेपालको समान दुई दुई अङक हुनेछ । जसमा रनरेटका आधारमा सुपरसिक्समा पुग्ने तेस्रो टिमको टुङगो लाग्नेछ ।

Comments

comments