मेलबर्न। अष्ट्रेलियामा अप्ठ्यारोमा परेका नेपाली विद्यार्थीले अब अनलाइनबाटै दुतावासमा आफ्नो समस्या बताउन पाउने भएका छन्। अष्ट्रेलियामा रहेको नेपाली दुतावासले अष्ट्रेलियामा बस्ने नेपालीहरुको डाटाबेस र विद्यार्थीहरुले अनलाइन मार्फत समस्या राख्न पाउने व्यवस्थाको तयारि गरेको हो।

यो व्यवस्थापछि विद्यार्थीहरुले आफ्नो समस्या वा गुनासो राख्नको लागि इमेल गर्ने, फोन गर्ने वा दुतावासमै पुग्ने झन्झटबाट मुक्ति पाउनेछन् । विद्यार्थीहरुले सिधै वेबसाइट मार्फत आफ्नो समस्या राख्नेछन् र दुतावासका कर्मचारीले उक्त समस्या पढेर त्यसको समाधानको लागि प्रयास गर्नेछन्। यसबाट विद्यार्थीहरुको लागि सहयोग पनि प्रभावकारी हुने आशा गरिएको छ।

त्यस्तै, अबको एक महिनाभित्र दुतावासले डाटाबेस सुरु गर्नेछ, जसमा अष्ट्रेलियामा बस्ने नेपालीहरुको पूर्ण विवरण राखिने बताइएको छ। नेपालीहरुआफैले दुतावासको वेबसाइट लन्च गरेर त्यसमा भएको डाटाबेसमा आफ्नो पूर्ण विवरण राख्न सक्नेछन् ।

डाटाबेसले गर्दा नेपालीहरुको तथ्याङ्क राख्न, एक-अर्काको सहयोग लिन, विभिन्न नेपाली कार्यक्रमहरु आयोजना गर्न, कोही अप्ठ्यारो परिस्थितिमा भए उसलाई सहयोग गर्न आदि महत्त्वपूर्ण काममा सहज हुनेछ।

Comments

comments