मेलबर्न। अष्ट्रेलियामा नेपाली म:म ले विदेशी ब्लगरहरुको मन जितेको छ। म:म फेस्टिभलको आयोजना गरेको सोलंग्चरले म:म फेस्टिभल क्याम्पियन अन्तर्गत नै सफ्ट लन्चको आयोजना गरेर विदेशी ब्लगरहरुलाई नेपाली म:म चखाएको हो।

कार्यक्रममा प्रसिद्ध फुड ब्लगरहरु उपस्थित भएका थिए। नेपाल डाइनिंगमा आयोजना गरिएको उक्त कार्यक्रममा आएका कतिपय ती ब्लगरहरुले पहिलोपटक म:म चाखेका थिए । त्यसपछि उनीहरुले म:म लाई आफूहरुको जिब्रो मात्र नभएर मनमै बसेको भनि तारिफ गरे र आफ्ना ब्लगहरुमा नेपाली म:मको बारेमा राखिसकेका छन् ।

गत वर्ष १५ हजार सहभागीहरुको साथमा भव्यताका साथ म : म फेस्टिभल सम्पन्न गरेको सोलंग्चरले यसपाली अझ भव्य गर्नेगरि फेस्टिभलको आयोजना गरेको छ । नि:शुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रम आगामी २३ मार्च देखि २५ मार्च, तीन दिनसम्म चल्ने छ । २३ तारिखका दिन म:म डिनर सहित मुभी, २४ तारिखमा फेस्टिभलको मूख्य दिन र २५ तारिखमा म:म ब्रन्च हुनेछ ।

 

उक्त फेस्टिभलमा बफ, चिकेन, मटन, पर्क, बिफ लगायत म:म को ३० भन्दा बढी भेराइटी पस्किइनेछ। यसको साथै लोकप्रिय नेपाली ब्याण्ड कुटुम्बको प्रस्तुती, लाखे नाच लगायत नेपाली सांस्कृतिक प्रस्तुति, हिप-हप डान्स, लाइभ म्युजिक , मुभिज र होली पर्वको रौनक पनि हुनेछ। फेस्टिभलमा संकलन हुने रकम नेपालका ग्रामिण भागमा विद्यालय तथा अस्पताल निर्माणको लागि सहयोग स्वरुप दिइने आयोजकले बताएका छन् ।

मेलबर्न स्थित Coburg Velodrome मा हुने यस फेस्टिभलमा पारिवारिक माहोल बनाउनको लागि बालबालिकाहरुको लागि विभिन्न खेलहरु राखिनेछ। यसको साथै फेस्टिभलमा डिनर भौचर, आइफ़ोन एक्स, नेपाली उत्पादनका उपहार, दुई जनाको लागि नेपाल फर्किने टिकट लगायतका आकर्षक उपहारहरु राखेर चिट्ठा समेत खेलाइनेछ। सहभागिता र लक्की ड्र को लागि यहाँ क्लिक गर्नुहोस्

Comments

comments