काठमाडौं । संसद सचिवालयका ३१ वटा ल्यापटप पूर्वसभासदले गायब पारेका छन् ।

सभासद रहदाँ सचिवालयले सुविधाबापत दिएको ल्यापटप कार्याकाल सकिएको लामो समयसम्म पनि उनीहरुले फिर्ता गरेका छैनन् । ३१ वटा ल्यापटप फिर्ता नभएको सचिवालयले जनाएको छ । ल्यापटप पचाउने सभासदको सूचीमा पहिलो संविधानसभामा निर्वाचित भएकासमेत छन् ।

कानुनतः कार्यकाल सकिएको ७ दिनभित्र सांसद तथा संसदका पूर्वपदाधिकारीले सचिवालयबाट उपयोग गर्दै आएका सेवासुविधा फिर्ता गर्नुपर्छ । संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक सुविधासम्बन्धी एनेमा यो व्यवस्था छ । तर, फिर्ता नगरे के कारबाही हुने भन्ने स्पष्ट नभएकोले कतिपय पूर्वसभासदले सामान आफैँ राखेको सचिवालयका कर्मचारी बताउँछन् ।

Please follow and like us:

Comments