काठमाडौ। पछिल्लो समयका लोकप्रिय नायक प्रदिप खड्काले अभिनय गरेको फिल्म ‘लिली बिली’को ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा एक कार्यक्रमका बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

मिलन चाम्स निर्देशित फिल्ममा प्रदिपले डेब्यू नायिका जशिता गुरूङ तथा प्रियंका कार्कीसँग रोमान्स गरेका छन्। फिल्ममा अनुप विक्रम शाहीको पनि मुख्य भूमिका रहेको छ। सार्वजनिक ट्रेलरले फिल्म प्रेमकथामा आधारित रहेको देखाएको छ।

गोविन्द शाही तथा सुदिप खड्का निर्मित फिल्मको ट्रेलरमा स्कटल्यान्डका मनमोहक दृश्यलाई प्राथमिक्ता दिइएको छ। प्रदिप भारद्वाजको कथा रहेको फिल्म नयाँ वर्षको अवसर पारेर चैत ३० गते रिलिज हुँदैछ।

Comments

comments