काठमाडौं । दुइदिने नेपाल भ्रमण सकेर पाकिस्तानी प्रधानमन्त्री शाहीद खकान अब्बासी स्वदेश फर्किनुभएको छ । आइतबार दिउँसो ३ बजे काठमाडौ आइपुग्नु भएका प्रधानमन्त्री अब्बासी २१ घण्टा बसेर मंगलबार अपरान्ह १२ बजे फर्कनु भएको छ ।

नेपाल बसाइका क्रममा अब्बासीले राष्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुटाछुटै भेटवार्ता गर्नुभएको थियो ।

वार्तामा दुई बर्षदखि रोकिएको दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन सार्क को शिखर सम्मेलनलाई सक्रिय गराउने, दुई मुलुकबीच अर्थिक सहयोग आदानप्रदान लगायतका बिषयमा छलफल भएको छ ।

अब्बासीको स्वागतमा सोमबार टुडिखेलस्थित सैनिक मञ्चमा गार्ड अफ अनर प्रदान गरिएको थियो । जाँदाजाँदै अब्बासीले नेपालका प्रधानमन्त्री ओलीलाई पाकिस्तान भ्रमणको निम्तो समेत दिनुभएको छ ।

Please follow and like us:

Comments