काठमाडौं। नेपाल आइडलको सफलतापछि आयोजक एपीवानले नेपाल आइडल-२ हुने निश्चितता दिंदै अडिसनको तालिका समेत सार्वजनिक गरेको छ। पहिलो सिजनमा ७ सहरमा अडिसन लिएको नेपाल आइडलले दोस्रो सिजनमा ६ स्थानमा अडिसन लिने जानकारी सहित तालिका सार्वजनिक गरेको हो ।

कहाँ-कहाँ हुँदैछ अडिसन ?

२०७४ चैत्र ६ भैरहवा, जेसिस किन्डरगार्डेन हाइ स्कुल
२०७४ चैत्र ११ धनगढी, सुदुरपश्चिम एकेडेमी
२०७५ वैशाख ३ हेटौडा, सिद्धार्थ सेकेण्डरी स्कुल
२०७५ वैशाख ८ धरान, विष्णु मेरोरियल स्कुल
२०७५ वैशाख १४ पोखरा, जनप्रिय स्कुल

नेपालक पांच सहरका लागि अडिसन मिति सार्वजनिक गरेको आयोजकले काठमाडौंको लागि भने मिती तय भइनसकेको बताएको छ। आयोजकका अनुसार, अरु पांच सहरमा अडिसन सकिसकेपछि काठमाडौंमा अडिसन लिइनेछ र यसको लागि छिट्टै मिति सार्वजनिक गरिनेछ।

नेपाल आइडल-२ लाई पहिलो सिजनमा मूख्य प्रायोजन गरेको ओप्पो मोबाइल फोनले नै प्रायोजन गर्ने भएको छ।

Comments

comments