मेलबर्न । अष्ट्रेलियाको कोबर्गमा दुई जना नेपाली विद्यार्थी अचेत अवस्थामा फेला परेका छन् ।

अन्दाजी २०–२१ वर्षका देखिने ती नेपाली युवाहरुलाई उनीहरुको कोठामै अचेत अवस्थामा भेटिएको समाचारमा उल्लेख छ । उनीहरुलाई वान्ता गरेर भुइँमा लडिरहेको अवस्थामा देखेर सोही घरमा बस्दै आएका छिमेकीले खबर गरेपछि प्रहरीले उद्दार गरेको थियो । जानकारी पाए लगत्तै औषधिसहित आएको टोलीले उनीहरुलाई अस्पताल लगेको थियो । दुवैजनाको हाल अस्पतालमा उपचार भैरहेको छ ।

प्रत्यक्षदर्शीका अनुसार दुवैजनाको अवस्था निकै गम्भीर रहेको छ । लागू औषधको बढी सेवनका कारण अचेत भएको हुनसक्ने ती प्रत्यक्षदर्शीको भनाइ छ । गोपनीयताका कारण दुवैजनाको परिचय खुलाइएको छैन ।

Comments

comments